Wednesday, October 30, 2013
Tuesday, October 29, 2013
तिहार (स्वंन्ती)
तिहार ( कार्तिक कृष्णपक्ष त्रयोदशी)
त्रयोदशी देखी दिर्तिया
सम्म पाँच दिन
लगातार विभिन्न तरिकाले मान्ने
गरिन्छ।
काग तिहार-को पूजा
(काग), पहिलो दिन काग
लाई यम राज
को दुत को
रुप मा पूजागर्ने।
कुकुर तिहार (खिचा पूजा):
दोस्रो दिन कुकुर
को (भैरवको रुपमा
) पूजागर्ने।
लक्ष्मी पूजा-तेस्रो
दिन:
यस दिन
भव्य दिपावली गरी
धन धान्यकी देवी
लक्ष्मीको पूजा गरी
दही, केरा र
चिउरा मिसाएको (कार्तिक
कृष्णपक्ष औसीं) स्वकं धौं
(प्रसाद) प्रसाद ग्रहन गर्दछ
जुन दिन देखी
जाडो बद्ने दिनको
रुपमा पनि लिने
गर्दछ।
म्ह पूजा (गोवर्दन
पूजा):
कार्तिक कृष्णपक्ष प्रतिपदका दिन (शरिरको पूजा) गर्दछ। एउटा परिवार भित्रका
पुरुष तथा अबिवाहित बालिकाहरुलाई क्रमैसँग मण्डपमा राखी घरका मुख्य महिलाले पूजा गरी
फूल र दही सगुन (स्वकं) दिने गरिन्छ भने बिवाहित महिलाले माइतबाट ल्याएको पूजा सामाग्रीले
पतीको पूजा गर्ने गर्दछिन्। यसले गर्दा धेरै समयसम्म मनमुताव भएर अलग्ग बसेका दम्पती
महिलाले पनि जुठो परेको दिन बाहेक यस दिन घरमा आइ पतिको म्ह पूजा गरिन्छ। यदी यस दिन
पत्नीले माइतबाट पूजा ल्याइ पतिको पूजा नगरेमा ती दुई बिच पार पाचुके (Divorce) भएको
ठहर्छ।
यस दिनको अर्को महत्वपूर्ण
पक्ष हो, नेपाल सम्वत् नेपाल को आफ्नै सम्वत्, (New Year) नेपाल सम्वत् फेरिने दिन
भएकाले ठाउँ ठाउँमा ढोका निर्माण तथा झकी झकाउ पारी भब्यताका साथ नयाँ बर्ष मान्ने
गर्दछ। यती मात्र नभै, गाउँका सब बसिन्दाहरु बिहान सबेरै उठेर राष्ट्रिय पोसाक लगाइ
केही नाराका साथ गाउँ परिक्रमा गर्दछन् (Rally) ।
किजापूजा (भाई टिका):
कार्तिक कृष्णपक्ष द्रितियाका दिन विभिन्न फलफूल, मखमली फूल, पञ्चरङ सहित राखी दिदी
बहिनीले दाजुभाईको सुस्वास्थ्य तथा लामो आयुको कामना गरी भाईटिका गर्छन्।
किंवदन्ति अनुसार,
उहिले मानिस रोग लागेर
मर्दैन्थे। मृत्यु को समय मा काल (जन्ती कोटी) स्वयं आएर मानिस लाई लाने गर्दथे। एक
दिन, भाईटिका कै दिन एक जना दिदीको एक्लो भाई कालले लिन आएको देखेर दु:खी दिदी ले काल
को सामु याचन गरिन्। हे काल देव आज भाईटिका, मेरो एक्लो भाई को पूजाको लागि यी पूजा
सामाग्री ल्याइ सकेको छु।
भाई
टिकामा गाउने गीत:
हे जन्तीकोटी, थाऔं
किजापूजा
या
दिं,
जि याककिजाया पूजा मसिहेक यनिमरु,
जि याककिजाया पूजा मसिहेक यनिमरु,
ग्वे स्वाँ सुकुमचिङ,
त.
सि.
पु
मज्विकं,
यकिंमरु जन्तीकोटी जिमी किजा यात,
यकिंमरु जन्तीकोटी जिमी किजा यात,
चिकं सा मगंकँ,
खोसीं
मनायक,
यंकिमरु जन्तीकोटी जिमी किजा यात|||
यंकिमरु जन्तीकोटी जिमी किजा यात|||
गीत को अर्थ,
हे कालदेवी, आज भाईटिका,
मेरो एक्लो भाई
छ।
मेरो भाईको पूजा नभइकन
लान पाउँदैनौ।
मखमली फूल नओइलायसम्म,
बिमिरा बिउमा परिणत नभएसम्म,
मेरो भाई लाई
लान पाउँदैनौ।
मण्दप को तेल
नसुकेसम्म, ओखर नपग्लेसम्म
मेरो भाई लान
पाउँदैनौ।
यो गीत आज
भन्दा करिब ११०
बर्ष अगाडिसम्म भाईटिकाको
दिनमा दिदी बहिनीले
गाउने गरेको बुढापाका
बताउनु हुन्छ।
यो पूजा खेर फाल्न
नदिनुस् र मलाई भाईटिका गर्न दिनुस्। दिदी को आग्रह यमदूतहरुले नकार्न सकेन र पूजागर्न
अनुमती दिए। दिदीले आफ्नो एक्लो भाईको निम्ती ल्याएको पूजा जन्तीकोटी (यम दूत) लाई
समेत मण्दप बनाइ भाईलाई बिचमा र दाँया र बाँया यमदूतलाई राखेर पूजा प्रारम्भ गरिन।
पूजाको प्रारम्भदेखी
दिदीले गीतको माध्यमले भाईलाई कालबाट फुस्काउन विभिन्न तगारो राख्दै गाइन। पूजा सकीएपछी
(मिर्तुको) भाईलाई लानु पर्ने समय बित्यो र यमदूतले लान सकेनन्।
Thursday, October 10, 2013
Dashain in Harisiddhi (दशै हरिसिदिमा)
घटस्थापना
यस दिन मनिसहरु बिहान
सबेरै नदीमा स्नान गरेर बालुव वा पङ्गो माटो ल्याएर घर घरमा मकै, जौ र गहुँको जमरा
रखिन्छ। सरकारी पूजाको लागि गाउँका अध्यक्ष वा प्रशासकको घरमा अलगै जमरा राखी घटस्थापना
गरिन्छ। यस दिन गाउँका बाजा खलकहरुले कुशेऔशी देखी सुरु गरेको १ महिने पीठसेवा समाप्त
गरी आ-आफ्नो खलक बिच “पीठसेवाभ्वे” को नामले भोज खाई पीठसेवा समाप्त गर्दछन्। सरकारी
पूजाको लागि जहाँ घटस्थापना गरिएको हुन्छ त्यहाँ बाजा खलकहरुले दिनहुँ बाजा बजाएर भागवती
जगाउने कार्य गर्दछन्। जसलाई “नल्चाय थायगु” भन्ने गरिन्छ।
फूलपाती (शुक्लपक्ष सप्तमी)
सरकारी पूजाको लागि अर्थात्
स्थानीय प्रशासनको तर्फबाट पूजाको
लागि कोतमा भेडा
र कुभीण्दो (भुयुफसी)
को मार हान्ने
गरिन्छ।
अष्तमी
यस दिन गाउको
ठाउँ ठाउँमा समुह
समुहमा खसी
तथा राँगो मार
हानेर मासु भाग
लगाइने र बेलुका
आफुले प्रयोग गर्ने
मसिन, हतियार तथा
पुस्तक स्थापना गरी कुछी
भ्वे (दुईमाना चिउरा
राखी भोज) खाने
चलन छ।
नवमी
अष्तमीको दिन स्थापना
गरिएका सामाग्रीहरुको भागवती लाई हासँ
वा कुखुरा वलिदिएर
पूजा गरिन्छ भने
प्रत्येक बाजा खलकले
आ-आफ्नो समुहमा
बाजाहरु पूजा गरी
प्रसाद खान्छन्। ती बाजा खलकहरु सरकारी पूजा अथवा कोतमा
राङो, भेडा र कुभीण्दो मार हान्ने बेला भेला हुन्छन्। यो सरकारी पूजा गाउँका प्रशासक
अथवा अध्यक्षको घरबाट पञ्चेबाजा सहित पूजा लागि कोतमा मार हान्ने गरिन्छ। यसै दिन लाई
दशै (मोनी) को मुख्य दिन मान्दछ।
दशमी
यस दिन भागवतीको पूजा
गरी स्थापना गरिएका सामाग्री (फिर्तालिन) चालकको कार्ये गरिन्छ र दशमी देखी पुर्णिमा
सम्म आ-आफ्नो छोरी, ज्वाँईहरु पाहुना बोलाएर ख्वाउने गर्दछन्।
Source: हरिसिदी एक संक्षीप्त परिचय
Tuesday, October 8, 2013
Subscribe to:
Posts (Atom)