Pages

Tuesday, December 24, 2013

Gaṇeśa and his two wives Karṇakeśarī and Suvarṇakeśarī (or Riddhi Siddhi), dīcamoca

Ganesh with his wife.

Dīca moca

Dīca moca or Kiśi moca (1988)

Red Gaṇeśa

Red Gaṇeśa with Nāsadyaḥ on trunk

Raja Vikramaditya

Vikramaditya Raja in sword fight with king of four directions

Sunday, December 15, 2013

योमरी पुन्ही (Yomari Punhi)

(मार्ग शुक्ल पुर्णिमा, योमरी पुन्ही)
प्राय: नेवार परिवारहरुमा यस दिन योमरी बनाइन्छ। तर यस गाउँमा योमरी को सत्ता घिउ, चाकु हालेर मन्दिरको आकर आउने गरी ठुल- ठुलो गोजामरी पकाएर आफ्नो भकारीमा राख्ने चलन छ। ३ दिन पछी उक्त गोजामरी निकालिन्छ। यसो गर्नाले भकारीको धान सुक्दैन भन्ने विश्वास रही आएको छ।
यस दिन हरसिदी भवानी को नाच समेत हुने हुँदा गाउँले जात्राको रुपमा मान्दछन् जसलाई योमरी पुन्ही भन्ने गरिन्छ।
Source: हरसिदी एक संक्षीप्त परिचय
Yomari

Yomari Punhi is a post harvest festival celebrated by Newars which falls on the full moon day in the Nepalese month of Mangsir. During the festival Goddess Annapurna (the Goddess of Food Grains) is worshipped and sweetmeats are prepared from the newly harvested rice. Yomari – a sweetmeat of rice flour shaped like a fig and filled with jaggery and sesame seeds is prepared. This delicacy is the chief item on the menu during Yomari Punhi.
Source: explorehimlaya.com

Friday, December 13, 2013

Battle between Sugriv and Bali Rāja

At the start of the climactic scene in the pyākhã, the Triśakti appear center stage, mirrored by the curtain showing their likeness that is raised to conceal them. Together with Sugrîv, Bali Rāja, and others, the Triśakti Devis described in the historical accounts are seen by all in their full regalia with shimmering headdresses, silver chain garlands, breast plates, and ornate bone aprons. Offering the true pointed sword of siddhi for wisdom and success, Harisiddhi Triśakti provides the means for Sugrîv to destroy Bali Rāja, the foolish Demon king of ignorance. Jumping over the special tantric curtain, Sugrîv leaps directly into the battle scene, sword in hand, to defeat and behead Bali Rāja. 
Nāgin (Bali Rāja) with halo-like headress and With Tāra, the khowla moca crybaby (right).

Immediately following this is the celebration of the success, victory, and renewal of life. Since the Triśakti are all fierce deities, there is a final pańca bali blood sacrifice including sheep, ducks, fish and buffalo. While the Triśakti deities are lifted off the ground to drink the blood of each animal, a separate group of musicians play the pańca baja offering music to accompany the pańca bali sacrifice.
Order is restored, when and the Betal licks up the blood. Malini offers flowers to Indra, King of the Gods, and the elephant Kisi runs freely on the stage.





Kiśi the Elephant God

Kiśi the elephant god - makes his entrance under the canopy in the center of the temple square.

Sunday, December 8, 2013

Jaladyaḥ priest with musical instrument.

Jaladyaḥ priests (left & center) play damokhi. Horns on drum represent Nāsadyaḥ. Other priests (right) play poṅga trumpets, and chusya, cymbals. The priest in center (back) plays tā.
Jaladyaḥ priest with musical instrument.

Thursday, December 5, 2013

Tuesday, October 29, 2013

तिहार (स्वंन्ती)

तिहार ( कार्तिक कृष्णपक्ष त्रयोदशी)
त्रयोदशी देखी दिर्तिया सम्म पाँच दिन लगातार विभिन्न तरिकाले मान्ने गरिन्छ।

काग तिहार-को पूजा (काग), पहिलो दिन काग लाई यम राज को दुत को रुप मा पूजागर्ने।

कुकुर तिहार (खिचा पूजा): दोस्रो दिन कुकुर को (भैरवको रुपमा ) पूजागर्ने।

लक्ष्मी पूजा-तेस्रो दिन: 
यस दिन भव्य दिपावली गरी धन धान्यकी देवी लक्ष्मीको पूजा गरी दही, केरा चिउरा मिसाएको (कार्तिक कृष्णपक्ष औसीं) स्वकं धौं (प्रसाद) प्रसाद ग्रहन गर्दछ जुन दिन देखी जाडो बद्ने दिनको रुपमा पनि लिने गर्दछ।
म्ह पूजा (गोवर्दन पूजा): 
कार्तिक कृष्णपक्ष प्रतिपदका दिन (शरिरको पूजा) गर्दछ। एउटा परिवार भित्रका पुरुष तथा अबिवाहित बालिकाहरुलाई क्रमैसँग मण्डपमा राखी घरका मुख्य महिलाले पूजा गरी फूल र दही सगुन (स्वकं) दिने गरिन्छ भने बिवाहित महिलाले माइतबाट ल्याएको पूजा सामाग्रीले पतीको पूजा गर्ने गर्दछिन्। यसले गर्दा धेरै समयसम्म मनमुताव भएर अलग्ग बसेका दम्पती महिलाले पनि जुठो परेको दिन बाहेक यस दिन घरमा आइ पतिको म्ह पूजा गरिन्छ। यदी यस दिन पत्नीले माइतबाट पूजा ल्याइ पतिको पूजा नगरेमा ती दुई बिच पार पाचुके (Divorce) भएको ठहर्छ।

यस दिनको अर्को महत्वपूर्ण पक्ष हो, नेपाल सम्वत् नेपाल को आफ्नै सम्वत्, (New Year) नेपाल सम्वत् फेरिने दिन भएकाले ठाउँ ठाउँमा ढोका निर्माण तथा झकी झकाउ पारी भब्यताका साथ नयाँ बर्ष मान्ने गर्दछ। यती मात्र नभै, गाउँका सब बसिन्दाहरु बिहान सबेरै उठेर राष्ट्रिय पोसाक लगाइ केही नाराका साथ गाउँ परिक्रमा गर्दछन् (Rally)
किजापूजा (भाई टिका): 
कार्तिक कृष्णपक्ष द्रितियाका दिन विभिन्न फलफूल, मखमली फूल, पञ्चरङ सहित राखी दिदी बहिनीले दाजुभाईको सुस्वास्थ्य तथा लामो आयुको कामना गरी भाईटिका गर्छन्।
किंवदन्ति अनुसार,
उहिले मानिस रोग लागेर मर्दैन्थे। मृत्‍यु को समय मा काल (जन्ती कोटी) स्वयं आएर मानिस लाई लाने गर्दथे। एक दिन, भाईटिका कै दिन एक जना दिदीको एक्लो भाई कालले लिन आएको देखेर दु:खी दिदी ले काल को सामु याचन गरिन्। हे काल देव आज भाईटिका, मेरो एक्लो भाई को पूजाको लागि यी पूजा सामाग्री ल्याइ सकेको छु।

 भाई टिकामा गाउने गीत:
हे जन्तीकोटी, थाऔं किजापूजा या दिं,
जि याककिजाया पूजा मसिहेक यनिमरु,
ग्वे स्वाँ सुकुमचिङ, त. सि. पु मज्विकं,
यकिंमरु  जन्तीकोटी जिमी किजा यात,
चिकं सा मगंकँ, खोसीं मनायक,
यंकिमरु  जन्तीकोटी जिमी किजा
यात|||

गीत को अर्थ,
हे कालदेवी, आज भाईटिका, मेरो एक्लो भाई छ।
मेरो भाईको पूजा नभइकन लान पाउँदैनौ।
मखमली फूल नओइलायसम्म, बिमिरा बिउमा परिणत नभएसम्म, मेरो भाई लाई लान पाउँदैनौ।
मण्दप को तेल नसुकेसम्म, ओखर नपग्लेसम्म मेरो भाई लान पाउँदैनौ।

यो गीत आज भन्दा करिब ११० बर्ष अगाडिसम्म भाईटिकाको दिनमा दिदी बहिनीले गाउने गरेको बुढापाका बताउनु हुन्छ।

यो पूजा खेर फाल्न नदिनुस् र मलाई भाईटिका गर्न दिनुस्। दिदी को आग्रह यमदूतहरुले नकार्न सकेन र पूजागर्न अनुमती दिए। दिदीले आफ्नो एक्लो भाईको निम्ती ल्याएको पूजा जन्तीकोटी (यम दूत) लाई समेत मण्दप बनाइ भाईलाई बिचमा र दाँया र बाँया यमदूतलाई राखेर पूजा प्रारम्भ गरिन।
पूजाको प्रारम्भदेखी दिदीले गीतको माध्यमले भाईलाई कालबाट फुस्काउन विभिन्न तगारो राख्दै गाइन। पूजा सकीएपछी (मिर्तुको) भाईलाई लानु पर्ने समय बित्यो र यमदूतले लान सकेनन्।

Thursday, October 10, 2013

Dashain in Harisiddhi (दशै हरिसिदिमा)

घटस्थापना
यस दिन मनिसहरु बिहान सबेरै नदीमा स्नान गरेर बालुव वा पङ्गो माटो ल्याएर घर घरमा मकै, जौ र गहुँको जमरा रखिन्छ। सरकारी पूजाको लागि गाउँका अध्यक्ष वा प्रशासकको घरमा अलगै जमरा राखी घटस्थापना गरिन्छ। यस दिन गाउँका बाजा खलकहरुले कुशेऔशी देखी सुरु गरेको १ महिने पीठसेवा समाप्त गरी आ-आफ्नो खलक बिच “पीठसेवाभ्वे” को नामले भोज खाई पीठसेवा समाप्त गर्दछन्। सरकारी पूजाको लागि जहाँ घटस्थापना गरिएको हुन्छ त्यहाँ बाजा खलकहरुले दिनहुँ बाजा बजाएर भागवती जगाउने कार्य गर्दछन्। जसलाई “नल्चाय थायगु” भन्ने गरिन्छ।

फूलपाती (शुक्लपक्ष सप्तमी)
सरकारी पूजाको लागि अर्थात् स्थानीय प्रशासनको तर्फबाट पूजाको लागि कोतमा भेडा कुभीण्दो (भुयुफसी) को मार हान्ने गरिन्छ।

अष्तमी
यस दिन गाउको ठाउँ ठाउँमा समुह समुहमा  खसी तथा राँगो मार हानेर मासु भाग लगाइने बेलुका आफुले प्रयोग गर्ने मसिन, हतियार तथा पुस्तक स्थापना गरी कुछी भ्वे (दुईमाना चिउरा राखी भोज) खाने चलन छ।

नवमी
अष्तमीको दिन स्थापना गरिएका सामाग्रीहरुको भागवती लाई हासँ वा कुखुरा वलिदिएर पूजा गरिन्छ भने प्रत्येक बाजा खलकले -आफ्नो समुहमा बाजाहरु पूजा गरी प्रसाद खान्छन्। ती बाजा खलकहरु सरकारी पूजा अथवा कोतमा राङो, भेडा र कुभीण्दो मार हान्ने बेला भेला हुन्छन्। यो सरकारी पूजा गाउँका प्रशासक अथवा अध्यक्षको घरबाट पञ्चेबाजा सहित पूजा लागि कोतमा मार हान्ने गरिन्छ। यसै दिन लाई दशै (मोनी) को मुख्य दिन मान्दछ।

दशमी

यस दिन भागवतीको पूजा गरी स्थापना गरिएका सामाग्री (फिर्तालिन) चालकको कार्ये गरिन्छ र दशमी देखी पुर्णिमा सम्म आ-आफ्नो छोरी, ज्वाँईहरु पाहुना बोलाएर ख्वाउने गर्दछन्।
Source: हरिसिदी एक संक्षीप्त परिचय

Tuesday, October 8, 2013

तमन्ना ऋषी

Tāmnadya: Ŗșīśvara in lamplight grant fertility to his first worshipper.
Photo By: Somin Maharjan
तमन्ना ऋषी
Photo By: Somin Maharjan

Thursday, August 22, 2013

धल ब्य्वागु (पौडी)

धल ब्य्वागु (पौडी)


गाईजात्राको भोलिपल्ट मन्दिर सामु रहेकोज्य पोखरी’ मा मेला लाग्छ। जस मा मन्दिर मा पूजारीले मेलाको प्रा रम्भ गर्दछ त्यसपछी प्रशासक हरुको तर्फ बाट एक जना ले रांगाको टाउको बोकेर मेला भर्दछ। तत्पस्चात मेलामा सर्बधारणाले मेला भर्ने गर्दछ। जसमा गाउ भरी का बाजा खलक हरु बाजा बजाउदै मेलमा भाग लिन्छन्। पौडी जात्रा सके पछी इछ्या हुनेहरुले ख्याल: निकालिन्छ। यस दिन जसलाई जे भन्न र गर्न मन लाग्छ ख्याल को मध्यमले अन्याय अत्याचारको बिरुद ब्यङ्य हान्ने गर्दछन्। जनैपुर्णिदेखी 4 दिन सम्म को जात्रालाई स्थानिय भाषामा गुन्हपुन्ही भनिन्छ।
 ‘ज्य पोखरी’

Dhime Baja

Dhime Baja

खट निकाल्ने

Khat Nikalne Prakriya