Pages

Saturday, August 31, 2013

Lakhe Naach


Thursday, August 22, 2013

धल ब्य्वागु (पौडी)

धल ब्य्वागु (पौडी)


गाईजात्राको भोलिपल्ट मन्दिर सामु रहेकोज्य पोखरी’ मा मेला लाग्छ। जस मा मन्दिर मा पूजारीले मेलाको प्रा रम्भ गर्दछ त्यसपछी प्रशासक हरुको तर्फ बाट एक जना ले रांगाको टाउको बोकेर मेला भर्दछ। तत्पस्चात मेलामा सर्बधारणाले मेला भर्ने गर्दछ। जसमा गाउ भरी का बाजा खलक हरु बाजा बजाउदै मेलमा भाग लिन्छन्। पौडी जात्रा सके पछी इछ्या हुनेहरुले ख्याल: निकालिन्छ। यस दिन जसलाई जे भन्न र गर्न मन लाग्छ ख्याल को मध्यमले अन्याय अत्याचारको बिरुद ब्यङ्य हान्ने गर्दछन्। जनैपुर्णिदेखी 4 दिन सम्म को जात्रालाई स्थानिय भाषामा गुन्हपुन्ही भनिन्छ।
 ‘ज्य पोखरी’

Dhime Baja

Dhime Baja

खट निकाल्ने

Khat Nikalne Prakriya

गाई जात्रा

गाई जात्रा
गाई को अभिनय गर्दै

एक बर्ष भित्र दिवंगत भएका व्यक्ती का परिवार ले म्ऋतक को सम्झनामा  वास्तविक गाई वा मान्छेलाई गाई को प्रतिमा लगाइ गाई निकलिन्छ। जसलाई नेपाल भाषा मा सापारु अथवा ' सा व्छायागु' भनिन्छ।
यस किसिम को कार्य गाउँ मा दुई प्रकारले निकल्ने गरेको पाईन्छ।
) गाई को प्रतिमा लगाएर (साधारण ) ) वास्तविक गाई सहितको खत निकाल्ने।
) साधारण: यसमा जनाको टोली हुन्छ। जस मध्ये दुई जनाले गाईँ को प्रतिमा लगाइ गोरु झै हलोको जुवा  बोक्छन् बाँकी दुई मध्ये एक ले पछाडि बसेर हलो समाएर गोरु जोतेको अभिनय गर्छ भने अगाडि बस्ने एक जना ले दुध दुहुन बल्तिन गाई लाई घाँस खुवाउन घाँस सहितको डोको बोकेर अगाडि रहन्छ।
यी जना को टोली ले गोरु जोतेको अभिनय गर्दै गाउँ परिक्रमा गर्दछन् टोली सँगसँग उक्त समुह का म्ऋतक को सम्झनामा (नाम बाट) फल फुल भुतेको अन्न दान गर्दै एल (L) आकर को गाउँ को चक्रपथ (Ring Road)  परिक्रमा गर्दछ।
खट निकाल्ने
म्ऋतक को प्रतिमा वा तस्विरलाई पूजा गरी खटमा रखिन्छ। सो खट लाई निम्न सहभागीको क्रममा गाउ परिक्रम गरिन्छ।
जस अनुसार:
) बसु लयगु ( बाटोमा कपडा बिच्छ उने )
) वास्तविक गाई
) वेद वाचक ऋषी
) राधा कृष्ण
) प्रतिमा सहित को खत
) भजन खल
खटको अगाडि अगाडि / जना मनीसले बाटोमा कपडा बिचाउदै जान्छन्। जस लाई नेपाल भाषामा 'वसुलायगु' भनिन्छ। वसुलायगु उचस्तर को स्वागतका लगी प्रयोग गरिन्छ।
यस प्रकृयामा म्ऋतक महिला भए फलफुल अन्न प्रसाद बाध्ने समुह पनि महिला वा महिला को भेषभुषा मा पुरुष भए पुरुष वा पुरुष को भेष भुषामा हुने गर्दछ। एउटा खट निकाल्न कम्ती मा पनि ५० जना मानीसको आवसेक्ता पर्दछ। यो खर्चिलो कठिन हुँदा हुँदै पनि बढी मनीसहरु यसै लाई अङ्गल्न चाहन्छन्।

गाईजात्राको दिन महत्वपूर्ण भूमिका निर्बाह गर्ने समुह हो, भजनखलक। उनीहरु बिहान बजेदेखी -आफ्नो निस्चित स्थानमा बसेर गुंलाधर्म सेवामा लाग्छन् त्यस पछी गाउ को चोक पाटीहरुमा पालै-पालो गीत गाएर गाउ परिक्रमा गर्दछन्। जुन जुन ठाउँमा गाउँछ, ती ठाउँका टोल बासीले दान प्रादन गर्ने गर्दछ। यसरी भजन गाउँदै पुरै गाउ परिक्रमा गरिसके पछी -आफ्नो भजन खल परिवार बाट खट निकाल्ने कोही भए सो ठाउँमा गएर म्ऋतक को सम्झनाका गीत गाउँदै गाउ परिक्रमा हुन्छ नभए आफ्नै भजन खल कजिंको घरमा फर्कन्छ। यस दिन भजन खलहरु बिहान देखी बेलुकी सम्म गाउने कार्ये मा ब्यस्त रहन्छ।

Tuesday, August 20, 2013

श्रावण जनै पुर्णिमा (गुन्ह पुन्हि)

श्रावण जनै पुर्णिमा (गुन्ह पुन्हि)

भाद्र पुर्णिमा को दिन विभिन्न नौ थरीका गेडा गुडी मिसाइ क्वाती पकाएर खाने गर्दछ। क्वाती खाना ले शरीरमा भएका विगार भई निरोगी र स्वोस्थ हुने विश्वाश रही आएको पाईन्छ। यही क्वाती ब्या जा नकेगु  नाम ले खेत मा रहेका व्यागुता ख्वाउन खेतमा चाडआउन परम्परा कायम छ। यस् सम्बन्धमा केही कथान पाईन्छ।
धेरै बर्ष अगाडि काठमाडौं उुपतेक्या को नजिक्को जंगलमा एउटा रक्षास बस्थ्यो।  भेदा बाख्रा खाइ
दिने त कहिले स-साना केटा केटी मारेर खाइ दिने जस्ता कुकाम कार्यले गाउबासी त्रसित थिए। यस
ब्या जा नकेगु 
अवस्थामा, एक दिन एउटा  व्यागुता  रक्षास  को नजिक गएर उसलाई जिस्काउन र गाली गलोउज गर्न थालयो। जाबो भुसुना जसतो  व्यागुता भनेको थानेर केही नगरि बसी रह्यो।  रक्षासलाई रिस चाडयो र व्यागुतालाई पछी पछी स माउन गयो तर व्यागुता उफ्रदै उफ्रदै हिलो  मा  पुग्यो।
भयनाक शरीर को  रक्षास  हिलोमा  फस्यो तर  उस्लाई मार्न  त्यही पुग्यो तर  व्यागुता हिलोबाट उम्कलेर बहिर निस्के तर रक्षास फसेको फसेनै भयो र निस्कन सकेन। यही मौकामा गाउबासी हरु पाएर ढुङ्गा मुदा  गरी रक्षासलाई मारे र गाउलेले शान्ति पायो।
सो रक्षास मार्न प्रमुख भूमिका निभाइ मनीस को कल्यान गर्न  व्यागुतालाई जनै पुर्णिमाका दिन ब्या  जा नकेगु नाम ले भात् र क्वाती खेत म चाडउने चलन छ।
क्वा को अर्थ हुन्छ  विभिन्न  गेडा गुडी को परिकार !
ति को अर्थ हुन्छ झोल वा रस।
यसैले क्वाती को अर्थ हुन्छ  विभिन्न  गेडा गुडी को झोल वा रस।
क्व शब्द लोपान्मुख अवस्थामा छ। यो शब्द नेवार समुदाएको भोजमा यदा कडा प्रयोग भएको देखिन्छ।